हाम्रो बारेमा

 

अथर्व वचत तथा ऋण सहकारी संस्था लि.
(स्थापित २०५६)
भरतपुर महानगरपालिका वार्ड नं १२, चितवन
संक्षिप्त परिचय (२०७४)

नेपालमा वि.स.२०१३ साल देखि सहकारीको जन्म भएतापनि २०१६ सालमा वनेको सहकारी ऐनले सहकारी संस्था स्थापना र संचालनको कानूनी वाटो खोलेको थियो । तर २०१७ साल पछि पंचायतकालमा सहकारीलाई प्रोत्सहान गर्नुको सट्टा सरकारले कहिले ग्राम समिति,कहिले साझा र कहिले कृषि विकास वैकको मातहातमा राखी नियन्त्रण गर्ने नीति अवलम्वन ग¥यो । फलत नेपाल भरि जम्मा जम्मी ३ सयको संख्यामा मात्र सहकारी संस्थाहरु सिमित रहे । २०४६ सालमा पंचायत खारेज भै वहुदलिय प्रजातन्त्रको पुनरागमनसंगै सहकारी एैन २०४८ र नियमावली २०४९ ले नेपालमा सहकारी संस्थाहरुको स्थापना र संचालन द्रुत गतिमा भयो । सुरुको अवश्थामा केहि टाठा वाठाहरुले सहकारी संस्थाको नाममा देशका विभिन्न भागमा शाखा उपशाखा समेत खोली  धनवर्षा, जस्ता कार्यक्रम ल्याई सर्व साधारणहरुको वचतलाई दुरुपयोग समेत गरे । खरावहरु मसिदै गए असलहरु जाग्दै आए । फलतः हाल नेपाल भरि विभिन्न उद्येश्यका संस्था र संघ गरि ३७ हजारको आसपासमा सहकारी संस्थाहरु भएको र देशको अर्थतन्त्रमा र रोजगारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सरकारले आफ्नो ३ खम्वे अर्थ नीतिमा सहकारीलाई यौटा खम्वाको रुपमा अवलम्वन गर्‍यो ।

वैक र विकासको क्षेत्रमा कामगरेर लामो अनुभव सम्हालेका केहि मानिसहरु र स्थानिय २६ जना समाजसेवीहरु मिलेर २०५६ चैत्र २१ गते ,,अथर्व वचत तथा ऋण सहकारी संस्था लि.को स्थापना गरे । अथर्वका संस्थापकहरुको ध्यये अनुसार सामाजिक र आर्थिक विकासको क्षेत्रमा ,,अथर्व,, सस्थालाई समुदायको सामाजिक र आर्थिक विकासमा परिचालन गर्ने गरि अथर्वको स्थापना गरि कार्य आरम्भ गरिएको थियो । जस्को संस्थापक अध्यक्ष शालिग्राम शर्मा हुनुहुन्थ्यो र निरन्तर १४ वर्ष सम्म अथर्वको अध्यक्षता गर्नु भयो । यथार्थमा अथर्वका संस्थापकहरुले भविष्यको वैकको रुपमा अथर्वलाई आत्मसात गरेका थिए । त्यसैले अहिले पनि स्थापनाकालका सदस्यहरुले अथर्वलाई वैकको रुपमानै वुझ्ने गरेको पाईन्छ । (विस्तृत जानकारकिोलागी अथर्व स्मारिका ,सफलताको दश वर्ष, २०६५ माला १, हेर्न उपयुक्त हुनेछ ) स्थापना कालमा “सहभागी” नाम गरेको सामाजिक संस्थाले आफ्नै कार्यालय भएको ठाँउमा अथर्वलाई एउटा कोठा निशुल्क उपलब्ध गराउनका साथै अन्य थुप्रै सहयोग गरेको हुदा अथर्वको इतिहासमा चिरकाल पर्यन्त “सहभागी”संस्थाको नामलाई निर्विवाद रुपमा संझीरहनु पर्ने कुरालाई पनि नकार्न सकिदैन ।