अथर्वको अर्थ

अथर्वको अर्थ

हिन्दु धर्म अर्थात वैदिक सनातन धर्ममा ४ वेद र ४० उपवेदले मानव जीवन र प्रकृतिका हरेक पक्षलाई मार्ग दर्शन गरिरहेका हुन्छन् । यिनै ४ वेद मध्ये अथर्व वेदले अर्थ आर्थिक विषयमा प्रकाश पारेको छ । यहि वेदको नाममा अथर्वको साईनो जोडिएको छ ।

परिकल्पना :

सर्वाेत्कृष्ट साकोस बनाउने ।

ध्येय :

सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्थामा सुधार गर्न गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त, सर्वसुलभ वित्तिय तथा अन्य सेवा उपलब्ध गराउने ।

लक्ष :

  • स्रोत र साधनको अधिकतम् प्रयोग गरी सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।
  •  साना उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने ।
  •  सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाल्ने ।
  •  साधन स्रोत सहितको प्रविधियुक्त सदस्यमैत्री संस्थाको रुपमा विकसित गराउने ।
  •  आगामी बषर्ह रूमा यस संस्थालाई सवल संस्थाको रुपमा विकास गर्ने ।

उद्देश्यहरु :

  • सस्ंथाका सदस्यहरु बीचपारस्परीक सहयोग एवं मितव्ययीताको भावना अभिवृद्धि गरी नियमित बचत
    गर्ने बानी प्रवर्धन गर्ने ।
  •  सदस्यहरुलाई रोजगारी र आय वृद्धि हुने व्यवसाय सञ्चालन गर्न प्रेरित गरी आय वृद्धि गर्ने ।
  • व्यवसायीक सीप विकास गर्न सदस्यहरुलाई तालिम र शिक्षा प्रदान गर्ने ।
  • पिछडिएका, आदिवासी, दलित, सिमान्तकृत र जनतातिलाई सदस्यतामा प्राथमिकता दिने ।