मूल्य र मान्यताहरु

संस्थागत मूल्य र मान्यताहरु :

सहकारीका सर्वमान्य सिद्धान्त,र आदर्शलाई आत्मसात गर्दै तपसिलमा उल्लेखित मूल्य र मान्यतामा संस्था चलेको छ ।

संस्थागत मूल्य :

  1.  ईमान्दारिताः प्रत्येक शेयर सदस्यहरु, विभिन्न समिति, उपसमितिहरु र कर्मचारिहरुले अन्तर आत्मावाट पालना गर्नु पर्ने पहिलो शर्त ईमान्दारिता हो ।
  2. भविष्यको सहाराः प्रत्येक सदस्यहरुले संस्थालाई भविष्यको सहाराको रुपमा लिएका हुन्छन् । किनकी अशक्त अवश्थामा संस्थाले वचतको व्याज सदस्यहरुको घरघरमा पुर्याईदिने वाचा गरेको छ । हामी वृद्ध हुनेछौ, दस्तखत नमिल्न सक्दछ, लालन पालन गर्ने छोरा छोरहिरु टाढा हुन सक्दछन् । त्यस अवश्थामा वचत रकमले केहि मद्त गर्न सक्दछ । त्यसैले कुनै पनि मूल्यमा सो वाचा पुरा गर्नु पर्दछ ।
  3. सदस्यहरुको सेवाः सदस्यहरुको सेवालाई संस्थाले आत्मसात गर्ने र सदस्यहरुले पनि संस्थाको मूल्य र मान्यतालाई पालना गर्नु दोहोरो सेवाभाव हो । संस्थाले कुनै पनि मूल्यमा सो वाचा पुरा गर्नु पर्दछ ।

संस्थागत मान्यता :

  1.  अग्रगामी सोचः परम्परागत विचार र विधी विधानको अनुसरणले मात्र आधुनिक प्रतिस्पधी र प्रविधीयुक्त समाजमा संस्थाले प्रगती गर्न सक्तैन । तसर्थ प्रतिपादित नीतिनियम अनुसार चल्ने मात्र होईन निती नियमलाई नै सुधार गर्ने अनुभव पनि संगाल्नु पर्दछ र सुधार गर्दे जानु पर्दछ ।
  2.  पूजि विकासः प्रत्येक सदस्यलाई दुर्लभ पूँजी – (नगद रकम) संचित र वृद्धि गर्ने वातावरणको सृजना र प्रोत्सहान संस्थाको दोस्रो मान्यता हो ।
  3. वचतको सुरक्षाः कठोर मेहेनत गरेपछि मात्र प्राप्त हुने वचत रकमको सुरक्षाको प्रत्याभूति संस्थाको अर्को मान्यता हो । सुरक्षित लगानी र जमानत यसको आधार हो ।