संस्थाका विशेषताहरु

संस्थाका विशेषताहरु :

 शिरोभार खर्चः एक प्रतिशत भित्र रहने ।
 हकदार साँक्षीः ऋण लिने व्यक्तिको परिवारको अर्को सदस्यलाई साक्षी राख्ने ।
 जमानतः साधारणसभाले अख्तियारी प्रदान गरे अनुसार जमानत लिने ।
 प्रमोटर अवधारणाः तरलताको समस्यामा सदस्यहरुलाई विशेष वचत जम्मा गर्न आह्वान गर्ने ।
 लगानीका क्षेत्रहरु : राज्यको प्राथमिकताका क्षेत्र र सदस्यको आवश्यकता अनुसार ।
 महिला सहभागिताः महिला सहभागितालाई प्राथमिकता
 श्रमको कदरः स्वयंसेवालाई निरुत्साहित, संस्थाको काम गर्दा लाग्ने उचित खर्च सोध भर्ना ।
 असल व्यक्ति सदस्यः कालो सूचिमा परेका, आर्थिक कारोवारमा वद्नाम भएकाहरुलाई थाहा पाएसम्म सदस्यता नदिने ।
 सदस्य सम्मानः वर्षभरिको कारोवारमा उत्कृष्ठतम सदस्यहरुलाई पुरस्कृत गर्ने ।
 आपत कालिन सहयोगः सदस्यहरुलाई दैवि आपत्ति आईपरेमा र रकमले राहत पुग्ने भएमा,सूचना प्राप्त हँुदासाथ घर दैलोमा पुगि रकम प्रदान गर्ने ।
 द्रुत सेवाः सदस्यहरुको मागलाई पहिलो प्राथमिकता साथ संंबोधन गरि ७ दिन भित्र ऋण सेवा ।
 संरक्षित पूँजीकोष : कारोवारी सदस्यहरुलाई समानुपातिक रुपमा प्रदान गरिएको ।
 समय पालनाः तोकीएको समय भन्दा १५ मिनेट ढिलो गर्ने समिति सदस्यले वैठकमा आप्mनो तर्क राख्न सक्दछन, तर उपस्थित जनाउन मिल्दैन ।
 ल्ोखा परिक्षणः नियमित छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र लेखा परिक्षण गरि साधारण सभा समेत सम्पनन गरि आएको ।